FAQs Complain Problems

मुख्य समाचार

छैठाैँ गाउँसभा उद्घाटन समारोह ।।।।

यस महावु गाउँपालिकाको छैठाैँ गाउँसभाको उद्घाटन समारोह सम्पन्न भएको छ । उक्त गाउँ सभाको सभाअध्यक्ष यस गाउँपालिका अध्यक्ष श्री जंग बहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेश सभा सदस्य श्री मिना सिंहरखाल ( प्रमुख अतिथि )ज्युले कार्यक्रको उद्घाटन गर्नु भएको थियो । यस कार्यक्रमका विषेश अतिथि श्री प्रेम बहादुर थापा (जिल्ला समन्वय प्रमुख), कृषि कार्यालय दैलेखका श्री तिलक प्रसाद पाण्डे, राजनैतिक दलका प्रतिनिधिहरू, विद्मालयहरुबाट प्र.अ., वुद्धिजिवि मानभावहरू,पत्रकार सवैको उपस्थित रहेको थियो । साथै महावु गाउँपालिका वडा नं.४ बाट वडा कार्यालयलाइ जग्गा दान गर्नेहरूमा रत्न बहादुर शाही, खड्ग बहादुर शाही, गोगनसरा शाही , अस्पताललाइ जग्गादान गर्नेमा लाल बहादुर बडुवाल, पशु सेवा कार्यालयलाइ जग्गादान गर्नेहरूमा तुलछा शाही, नरेन्द्र बहादुर शाही, मन बहादुर शाही, रानिवन स्वास्थ्य चाैकीलाइ जग्गादान गर्नेमा हर्क बहादुर टमटा, उत्कृष्ठ विद्मालय व्यवस्थापन समितिकोअध्यक्षबाट श्री दल बहादुर गुरूङ (जगदिश मा.वि.२, एराडि) र प्र.अ.बाट उत्कृष्ठ रूपमा श्री सरिता गुरूङलाइ दोसल्ला सहित सम्मान गरिएको थियो ।भने यस गाउँपालिका उपाध्यक्ष श्री प्रेम कुमारी बुढाले महिलाका समस्याहरु राख्दै कर्णाली प्रदेश सभा सदस्य श्री मिना सिंहरखाल समक्ष ज्ञापन पत्र बुझाउनु भएको थियो ।

आर्थिक वर्ष: