FAQs Complain Problems

ग्यालरी

यस महाबु गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजकमा ५६ ‌औँ अन्तराष्ट्रिय साक्षरता दिवस २०७९ को अवसरमा आयोजित मा.वि. स्तरीय हाजिरजवाफ प्रतियोगितामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल श्री जयन्ती मा.वि. खरिगैराले नगद रु. १० हजार र प्रमाण पत्र  द्वितिय स्थान हासिल गर्न सफल श्री जगदिश मा.वि. वडाखोलाले नगद रु. ७ हजार र प्रमाण पत्र तृतीय स्थान हासिल गर्न सफल भगवती मा.वि. काँशिकाधले नगद रु. ५ हजार र प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्न सफल गैडावाज मा.वि. ले नगद रु. ३ हजार र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको थियो ।

मिति: 09/08/2022 - 16:49
, , , , ,

"व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास समृद्धि र सुशासन" भन्ने नारा सहित यस वर्ष २०७९ भाद्र २२ गते निजामती सेवा दिवस यस पालिकामा सरसफाई तथा विविध कार्यक्रम गरि मनाइएको छ । उक्त दिवसलाई अवसर पारेर यस पालिकामा कार्यरत उत्सकृष्ट कर्मचारीका रुपमा श्री सन्तोष प्रसाद काफ्ले (प्राविधिक सहायक पाँचौ) र श्री टोप बहादुर थापा (कार्यालय सहयोगी) लाई पुरस्कार सहित प्रशंसा-पत्र यस कार्यालयले प्रदान गरेको छ ।

मिति: 09/07/2022 - 13:17
, ,

Pages